बालेनलाई धरानमा निम्तो दिँदै हर्कले काठमाण्डौ पठाए यस्तो कोसेली-हेर्नुहोस ( भिडियो सहित)


काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लाई  धरानका नव निर्वाचित मेयर हर्क साम्पांगले नगरको चाबी उपहार पठाएका छन् । उनले धरानमा निम्तो दिँदै चाबी पठाएका हुन् । साईकल यात्रीहरुको एक कार्यक्रममा ३ मेयर एउटै मन्चमा भेटिएका छन। काठमाडौंलाई धरानको निम्तो भन्दै मेयर बालेन्द्र शाहले चापी लिगेका हुन् ।



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विस्तृत अध्ययन नगरी साइकल लेन बनाउन नसकिने बताएका छन् । साइकल डे का अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजित कार्यक्रममा मेयर शाहले गाडी सँगसँगै साइकल कुदाउँदा दुर्घटना हुँने भन्दै अध्ययन गरेरमात्र निर्णय लिइने बताए ।

बालेनले भने–हामी हप्ताको एक दिन साइकल डे बनाउँन सक्छौँ कि ,साइकलको लागि लेन बनाउँन सक्छौं, अध्ययन गरेर के हुन्छ हेर्छु । अध्ययन नगरी केही हुन्न,गाडी सँगसँगै कुदाउँदा दुर्घटना हुनसक्छ,त्यहि भएर पहिले सबै कोणबाट अध्ययन गर्नुपर्छ । साइकल भनेको पेट्रोलियमको बचन पनि हो,यसले स्वस्थ पनि बनाउँछ ।




मेयर साहले चुनाव लड्दा विभिन्न दलका मेयरका उम्मेदवारले प्रतिबद्धतापत्र दिएको भन्दै आफूलाई मेयर जित्छ भनेर नपत्याइएकाले सबैको प्रतिबद्धतापत्र हेर्न नपाएको बताए । उनले अरुका प्रतिबद्धतापत्र पनि हेरेर कार्यन्वयन गर्ने आश्वासन समेत दिए ।



सम्बन्धित
Loading...