‘कप्स’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित)




‘कप्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेठ १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता अनुप विक्रम शाही स्टार फिल्म ‘कप्स’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो।

साम्राट सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर ‘एक्सन प्याक्ड’ छ । एक कर्तव्यनिष्ठ प्रहरीको कथामा फिल्म आधारित रहेको छ।
खलपात्रमा अत्याधिक रुचाइएका अनुपले यस फिल्ममा एक सच्चा प्रहरी अफिसरको भूमिका निभाएका छन् । ‘कप्स’ बाट सन्दिपा लिम्बुले नेपाली रजतपटमा पाइला राख्दैछिन् । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटा बताउँछन् ।




अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ ।
एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ ।  फिल्मलाई वि.के. फिल्मस् र जय श्री पाथीभराले वितरणको जिम्मा लिएका छन् ।


सम्बन्धित
Loading...