गाई काटेर मासु भाग लगाई बेचिरहेको अवस्थामा पक्राउ
प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेस्थित वडा कार्यालयको भवन नजिक गाईको बाछो काlटी मासु भाग लगाई बेचिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले गाईको बाछो काटी मासु भाग लगाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा काटाकुlटी गाउँपालिका वडा नं. २ घर भई हाल बोडे पाटी बिहार बस्ने वर्ष ३८ का निमा मोक्तान रहेका छन्।
अन्दाजी २० के.जी गाईको बाछोको काटेको मासुसहित उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।