अनियंत्रित भई जिप पल्टिँदा जिपमा सवार १२ जना…..
सल्यान
कपुरकोट गाउँपालिका ३ घुम्ति मोडमा जिप दुर्घटना भएको छ ।दाङ तुलसीपुरबाट कपुरकोट गाउँपालिका २ गर्पा तर्फ जाने क्रममा कपुरकोट रोल्पा सडक खण्डको कपुरकोट गाउँपालिका ३ घुम्ति मोडमा दुर्घटना भएको हो । जिप अनियंत्रित भई सडकमा पल्टिँदा जिपमा सवार १२ जना मध्य ६जना सामान्य घाईते भएका छन ।
घाईते हुनेमा कपुरकोट गाउँपालिका १निबासी २९वर्षका खिम बहादुर पुन, सोही वडा निबासी ३५वर्षका सुवर्ण कुमार घर्ति,६२वर्षकी भद्री बुढ,कपुरकोट ५ निबासी ७०वर्षकी कलशि बस्नेत ,कपुरकोट २निबासी ६५वर्षकी पर्वती वली,रुन्टिगढी गाउँपालिका ८,रोल्पा निबासी ६३वर्षकी वनिकला घर्ति रहेका छन ।घाईतेलाई उपचारको लागि दाङ तुलसीपुर पठाएको प्रहरीले बताएको छ ।
चालक तुलसीपुर उपमहानगरपालिका ९निबसी ३३ वर्षका हरि डाँगि प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्याने जनाएको छ ।
यो पनि पढ्नुहोस -काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ।