हेटौडा पुगेका बालेन र सुनिताले देखाए अर्को चमत्कार !
काठमाडौँ – अभिमुखिकरण कार्यक्रममा भाग दिन हेटौडा पुगेका काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले चमत्कार देखाएका छन् । हेटौँडा पुगेका बेला मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर डंगोलले चकत्कार गर्दै सबै नेपालीको मन जितेका छन् ।
उनीहरुले हेटौडा स्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गर्दै मानव सेवा आश्रमसँग सहकार्य गर्न काठमाडौँ महानगरपालिका तयार भएको बताएका थिए । मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य,
काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा बालेन र सुनितालाई विस्तृत जानकारी गराएका थिए ।
भ्रमण पछि मेयर शाह र उपमेयर डंगोल दुवै जनाले मानव सेवाको क्षेत्रमा मानव सेवा आश्रमले गरिरहेको कामको मुक्त कण्ठले प्रशंसा गर्दै पहिले पनि काठमार्डाँ महानगरपालिकासँग सहकार्य भएको र फेरी पनि सहकार्य जारी रहेने प्रतिवद्धता व्यक्त गरेका थिए ।
स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले बिजयी भएका बालेन शाह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपमेयर उमेदवार बनी देशैभरीबाट सर्वाधिक मत ल्याएर बिजयी भएकी सुनिता डंगोलको सुरुवाती काम गराइको रुझानले सिंगो देशैभरीबाट प्रशंसा चलिरहेको छ ।