देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दुका महिला समूहसंग छलफल


प्रिय धन , चोरमारा –



नवलपुरकाे मध्यविन्दु ७ चोरमारामा महिला समूहहसंग छलफल कार्यक्रम सम्पन्न भएकोे छ । शनिबार देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दु नगरपालिका भित्रका सरोकारवाला महिलाहरुसंग स्थानीय स्तरमा उत्पादित सामाग्री र सो को बजारीकरणू विषयमा छलफल गरिएको हो ।

उमा क्याफे चोरमारामा भएको कार्यक्रममा जिज्ञासाका रुपमा ग्रामीण भेगबाट सहभागी भएका महिलाहरुले पहाडी क्षेत्रमा उत्पादित तरकारी जन्य वस्तु र हातबाट निर्माण गरिएका सामाग्रीको निर्यात र बजारीकरणमा समस्या भएको गुनासो राखेका थिए ।




गुनासोको सम्बोधन गर्नुहुँदै देवचुली मार्टका संचालक सुरेन्द्र अधिकारीले प्रालिको नियमानुसार यातायातमा सहजीकरण गर्ने र स्थानीय स्तरमा उत्पादित सामाग्रीको समेत खरिद बिक्रीका लागि सहज उपाय निकाल्ने बताए ।

त्यस्तै विशेष गरि हातबाट निर्मित सामाग्रीको व्यापारका चोरमारामा खुलेको देवचुली मार्ट मध्यविन्दुका पौरखीहरुको सारथी बन्ने प्रबन्ध निर्देशक सुनिल न्यौपानेले बताए ।

न्यौपानेले प्रथम चरणमा स्थानीय महिला समूहसंग छलफल गरेको र आगामी दिनमा विद्यालय लगायत अन्य संघसंस्थामा आवद्ध समूहसंग अन्तरक्रिया गर्ने बताए ।

कार्यक्रममा मध्यविन्दु नगरपालिका भित्रका महिला समूहका करिब ४० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...