कावासोतीमा कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन


 



कावासोती – कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँस्थानहरूमा मोबाइल एप मार्फतशाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आइतबारबाट नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं ७ साँढमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।




कावासोती ७ साँढ निवासी भीमा भुर्तेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैकले जनाएको छ ।

कावासोती ०७ का वडा अध्यक्ष गोविन्द प्रसाद महतोले शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा कावसोती ७ का वडा सदस्यरुद्र बहादुर बस्नेत, पुर्व वडा सदस्य विष्णु प्रसाद काफ्ले, साहित्यकार सदानन्द जैसी अभागी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने कार्यक्रममा जनाइएको थियो ।

शाखा विस्तार पछि ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।



सम्बन्धित
Loading...