दाउन्नेको चिनारी


पुर्ण बहादुर दिशा, सर्दी



दक्षिण माकरु खजुरा नदी
धुरर्कोट छ आस पास
यिनका बीचमा रमाईलो दाउन्ने
पूर्व छ दुम्किबास ।
माथि संसारकोट प¥यो
तल आमबासको कुटो छ स्वर्ग सरी
इन्द्रेणी जस्तै घुमेको छ राजमार्ग
भुल्नै नसकिने गरी ।
उदाएदेखि अस्ताएसम्म
सूर्यका किरण पनि
कोईली रमाउदै कुहुँकुहु गर्छन्
पाप नगर्नु कसैले भनी
मृग हरिण पनि नाच्दछन् त्यहाँ
सत्कर्म ठूलो भनि
यिनकै गुण गानले आनन्द दिलाउछ
भक्तजनहरुलाई पनि
सित्तल हावा छहारी उत्तिकै
रड्डी विरड्डी फुलहरु
वनका चरी सुखी छन् उत्तीकै
उता धर्मावलम्वीहरु ।
धुप कालले गर्मीले पहिरन
जित्न नसक्ने त्यहाँ
चिसो र त्यती मिठो पानी
पाईन्छ अन्यन्त्र कही
सत्य र पवित्र मन लिई
दर्शन गर्न जान्छन्, जसले
दाउन्ने देवी कै आर्शिवाद पाई
फल प्राप्त गर्दछ, उसले
विसंगती र विकृतीमा
गर्नु छ हामीले शुधार
धर्म नै कर्म हो भनी जान्नु सवले
यही छ मेरो पुकार
दाउन्ने भन्नुनै लुम्विनीको
प्रतिकको रुपमा पनि
यति मै समाप्त गर्दछु कविता
जय होस सबैको भनि

दाउन्नेदेवी मन्दिर संरक्षण तथा व्यवस्था समिति, दुम्किबास–५, नवलपरासी



सम्बन्धित
Loading...