प्रचण्ड निकट अखिल क्रान्तिकारीमा खैलाबैला उपाध्यक्ष कार्कीसहित नौ जनालाई निलम्बन




काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले उपाध्यक्षसहित नौ जनालाई निलम्बन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष पवन कार्कीसहित आठ जना केन्द्रीय सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

 

निलम्बनमा परेका सदस्यहरुमा बसन्ता भण्डारी, पदम नेपाली, बालकुमार केसी, उपदेश यादव, रमेश खड्का, समीर बुढाथोकी, रविन बस्नेत र सञ्जिव चौधरी रहेका छन् ।

 




बैठकले उपाध्यक्ष कार्कीसहित सबै नौ जनालाई अनुशासन विपरीत काम गरेको भन्दै अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

 

कार्की समूहले बैठकमा विधि विधान विपरीत जिम्मेबारी बाँडफाँटसहितका निर्णयहरु गरेको भन्दै नेतृत्वविरुद्ध नाराबाजी गर्दा हात हालहालको स्थितिसमेत बनेको थियो ।

 

बैठकले १२ लाख सदस्यता वितरण गर्ने र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्यसहितको अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । यसका लागि तीन महिना अभियान चलाइने अखिल क्रान्तिकारीले जनाएको छ ।

 

यस्तै, अखिल क्रान्तिकारीले १९९ जना केन्द्रीय सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । उनीहरुलाई आजै शपथ ग्रहण गराइनेछ ।



सम्बन्धित
Loading...