गायक चौधरीको लभ होगईल टु सार्वजनिक (म्युजिक भिडियो सहित)


सांंगितिक क्षेत्रमा निकै ख्याति प्राप्त गायक खेम चौधरी र सोनु कुस्मीको सुमधुर आवाजमा रहेको थारु म्युजिक भिडियो लभ होगईल टु खेम चौधरी युट्युब च्यनलबाट सार्वजनिक भएको छ । पहिलेको तुलनमा थारु गीत संगितको क्षेत्र फड्को मार्दै गर्दा सो थारु भिडियाको कतारमा पहिलो पटक सुटिङ गरिएको हो ।



निकै नै रामाञ्चक ठाउँहरुमा सुटिङ गरिएको भिडियोमा विनोद चौधरी यामुना थामीको छायाँकन रहेको छ भने निर्देशन कतक बुढाले गरेका छन् । म्युजिक लिरिस सावन मर्चाहले गरेका छन् भने एरेन्जिङ गणेश चौधरीको रहेको छ । क्यमरा मेन आजेश दासले गरेका छन् भने रेकर्ड डिरिम रेकडिङ स्टुडियो काठमाण्डौँमा गरिएको बताइएको छ ।

र साथै थारु भिडियोलाई एकदमै प्रोत्सहनका साथ पहिलो चोटि कतारमा भिडियो सुटिङ गर्दै आफूले बनाएको म्युजिक सबै दर्शकहरुको मन जित्न सफल हुने निर्माताहरुले दावी गरेका छन् ।






सम्बन्धित
Loading...