किसानको हकअधिकारका लागि ३४ बर्षीय युवा नवलपुर २ को चुनावी मैदानमा




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको कावासोती २ निवासी ३४ बर्षीय जगन्नाथ पोख्रेलले अहिले पनि बाख्रा पालन र तरकारी खेती गरेर कृषि पेशामा आवद्ध छन् । उनले कावासोतीमै केही समय अगाडि दाजुभाई दुग्ध डेरी उद्योग पनि सञ्चालन गरे अनि व्यवसायिक दुध उत्पादनका लागि गाई फर्म पनि चलाए । यहि क्रममा उनले नेपालमा एउटा महत्वपूर्ण कुराको अभाव देखे ।




नेपाल कृषि प्रधान देश भईकन पनि किसानका लागि राज्यले राम्रो नितिनिर्माण गर्नै सकेको छैन । नेपालमा कृषि पेशा अंगालेका कृषि पेशाको बारेमा बुझेको कुनै पनि प्रतिनिधि सांसदमा जान नसकेकै कारण यस्तो भएको उनले ठम्माइ गरे र आफै निर्वाचनमा होमिए ।

पोख्रेल अहिले नवलपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि चुनाव चिन्ह लौरो अभियानबाट चुनावी मैदानमा होमिएका छन् । केही साथीभाई लिएर घरदैलो पनि शुरु गरेका छन् । नेकपा एमालेका तिलक महत, गठबन्धनबाट नेपाली काँग्रेसका विष्णु कार्की पुन आमनेसामने हुने गरी चुनावमा होमिएको निर्वाचन क्षेत्रमा उनले कत्तिको बाजी मार्न सक्लान त्यो निर्वाचन पछि नै पुष्टि हुने कुरा हो ।

पोख्रेलले सञ्चालन गरेको दाजुभाई दुग्ध डेरी उद्योगले कावासोतीमा छोटै समयमा राम्रै चर्चा पनि कमाएको थियो । व्यापार पनि राम्रै गरेको थियो । अहिले पनि राम्रै व्यापार छ । पोख्रेलले भने – आफैले गाईभैसी पालेर दुध बेच्दा पनि दुधको मूल्यले किसानको लागत पनि उठाउन नसक्ने रैछ । त्यसैले अहिले डेरी अर्कैलाई जिम्मा लगाएर छाडेको छु ।

पोख्रेलका अनुसार कृषि प्रधानदेखि नेपालमा सानादेखि व्यवसायिक किसानहरुलाई काम गर्न अनुकुल हुने नेपालमा कानुन छैन भने राज्यले सजिलै दिन सक्ने सेवा सुविधा, अनुदान, विउविजन लगायतका विषयमा सरकारले ध्याननै दिन सकेको छैन । जसले गर्दा अधिकांश किसानहरु निर्वाहमुखी कृषि पेशा अंलाग्न बाध्य छन् ।

पोख्रेल चुनाव चिन्ह लौरो अभियानको हाम्रो नेपाली पार्टीबाट निर्वाचनमा उठेका छन् ।



सम्बन्धित
Loading...