राष्ट्रिय जनमोर्चाको कावासोतीमा शुभकामना आदानप्रदान

कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरले कावासोतीमा दशैं तिहार शुभकामना आदानप्रदान गरेको छ । कावासोती ८ सभापति चोकमा आयोजना गरिएको कार्यक्रमसँगै सभापति चोकमा पार्टी कार्यालयको उद्घाटन समेत गरिएको छ ।
पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष गिरबहादुर महतराको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जनमोर्चाका केन्द्रिय सदस्य दिपक पाण्डे, राजेन्द्र ढुंगाना, भागिरथ भट्टराई, सालिकराम सापकोटा, नेकपा माओवादी केन्द्रका किसान शर्मा गैरे, जसपाका जगतकाजी गुरुङ लगायते शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव मनबहादुर रानाभाटले गरेका थिए ।
कार्यक्रम लगतै राष्ट्रिय जनमोर्चा नवलपुरले चाडपर्वमा भएको महंगी, कालोबजारी र भ्रष्टचारी रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र समेत बुझाएको थियो ।