साहित्यमय बन्यो नवलपुर, १३ जिल्लाका स्रस्टाहरुको जमघट


बिजय चालिसे ।



जेठ, ०४, कावासोती ।

घडीले बिहानको साढे सात बजाईसकेको थियो । नवलपुरको सदरमुकाम कावासोती नगरपालिकाको सभाहलमा कुर्चीहरु भरिभराउ थिए । कुर्ची नपुगरेर कोही छेउ लागेर उभिए त कोही ढोका छेउबाट चिहाउदै जेठको यो गर्मीमा पनि कविताको आनन्द लिइरहेका थिए अनि कुर्चीमा बसेका गण्डकी प्रदेशका १० जिल्ला, चितवन, पश्चिम नवलपरासी र रुपन्देहीका साहित्यकारहरु पनि रचनामा मन्त्रमुग्ध थिए । मध्यबिन्दु प्रज्ञा प्रतिस्ठान, लुम्बिनी वाङ्गमय प्रतिस्ठान र साधना सङ्गम नवलपुरको संयुक्त आयोजनामा शनिबार दुई चरणमा आयोजित गण्डक काव्यधारा कार्यक्रमले नवलपुर साहित्यमय बन्यो ।




रचनामा सामाजिक, राजनीतिक र सांस्कृतिक कुरीति र विसंगतीका विषयलाई कविहरुले कविताका माध्यमबाट तिखो व्यंग्य गरेका थिए । त्यति मात्र हैन साहित्यकारहरुले झण्डै ३ घण्टा निरन्तर बाचन गरेका रचनाहरुले कतिबेला हललाई भाव्बिहल बनाएको थियो त कतिबेला तालिका फोहराहरुले हल गुन्जायमान बनेको थियो । खासगरी समयसापेक्ष राजनितिक अबस्थामाथिको व्यंग्य मात्र हैन दुई छाक हात मुख जोड्न नसकेर बिदेशिएकाहरु बाकसमा घर फर्किनु परेको पीडा कबितामार्फत प्रस्तुत गरिएको थियो ।

पहिलोपटक नवलपुरको कावासोतिमा आयोजना गरिएको गण्डक काव्यधारा २०७६ का प्रमुख अतिथी सरुभक्त, वरिष्ठ साहित्यकारहरु डा. नवराज लम्साल, गोबिन्द राज बिनोदी, दिपक सोति, सहित्यकार एवं गण्डकी प्रदेशसभा सदस्य बिष्णु लामिछाने, कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुनसहित झण्डै १ सय बढी साहित्यनुरागिहरु कबितामा मन्त्रमुग्ध देखिएका थिए । कार्यक्रमका सभाध्यक्ष एवं मध्यबिन्दु प्रज्ञा प्रतिस्ठानका अध्यक्ष जीवन सापकोटा युगिनले देशकै कान्छो जिल्लामा पहिलो पटक भएको कार्यक्रमले आगामी बर्षमा पनि निरन्तरता दिन थप हौसला मिलेको बताउनुभयो ।

उहाले वरिष्ठ साहित्यकारहरुको उपस्थितले नवलपुर पनि साहित्यको उर्वरभुमी रहेछ भन्ने संदेश देशभर दिन सकिएको बताउनुभयो । पहिलो चरणको निरन्तर रचना बाचन कार्यक्रममा झण्डै ४० जना सर्जकहरुले रचना बाचन गरेका थिए ।



सम्बन्धित
Loading...