कावासोतीमा दुर्घटना १ जना घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
कावासोती नगरपालिका ३ सभापति चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३९ प ९७५३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी रौतहट जिल्लाको गैर नगरपालिका २ घर भई हाल कावासोती २ सभापति चोकमा बस्ने विकास जैसवालको ८ बर्षीया छोरी कृष्टल जैशवाल घाइते भएको हो ।
उनको अवस्था गम्भीर रहेको र उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।