मकवानपुर दुर्घटना: श्रीमानश्रीमती र छाेरी सहित ३ जनाको मृत्यु

मकवानपुर, १४ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
पालिकाको वडा नम्बर २ धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौरा बाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तिनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरगढी २ कुर्ले पाखाका ३५ वर्षीय भिम बहादुर स्याङतान, उनकी श्रीमती ३४ वर्षकी रुपा स्याङतान र निजकी अन्दाजी ४/५ महिनाकी छोरी रहेका छन् ।
मोटरसाइकलको पछाडी सवार रुपा र छोरको घटनास्थलमै र मोटरसाइकल चालक भिम बहादुको उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार घाइते स्याङतानको हेटौडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी चितवन लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
पालिकाको वडा नम्बर २ धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौरा बाट कान्तिलोकपथ तर्फ आउदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट अन्दाजी १० मिटर तल खसेको थियो ।