राष्ट्रिय पूर्व शैनिक संगठनकाे राष्ट्रिय महाधिवशन कावासाेतीमा, भारत र वेलायतमा गाेर्खा शैनिक भर्ती दर १० प्रतिशत पुर्याउन माग

रामकुमार श्रेष्ठ –
नवलपुर – राष्ट्रिय जनमुक्ति पार्टीकाे भातृसंगठन राष्ट्रिय पूर्व सैनिक संगठनकाे पाँचाै राष्ट्रिय महाधिवेशन भाेलि कावासाेतीमा हुने भएकाे छ ।
आज जनमुक्ति पार्टीकाे कावासाेती स्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा दिईएकाे जानकारी अनुसार राष्ट्रिय पूर्व शैनिक संगठनकाे पाँचाैं राष्ट्रिय महाधिवेशन नवलपुरकाे कावासाेती १ रिठ्ठेपानीमा हुने भएकाे छ ।
महाधिवेशनकाे जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले उद्घाटन गर्ने छन् । महाधिवशनमा २५ जिल्लाका १ सय ५० जना प्रतिनिधि सहभागी हुने राष्ट्रिय पूर्व सैनिक संगठनका अध्यक्ष क्या. भिमबहादुर रानाले बताए ।
महाधिवेशनले ५१ सदस्यीय नयाँ समिति चयन गर्ने छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय पूर्व सैनिक संगठनका अध्यक्ष क्या. भिमबहादुर रानाले भारतले गाेर्खा सैनिक भर्ती लिन बन्द गरेकाेमा त्यसलाई निरन्तरता दिन र त्यसकाे निरन्तरता नपाउँदासम्म अग्गीपथमा नेपालीलाई भर्ती हुनबाट नेपाल सरकारले राेक्न नहुनेमा जाेड दिए ।
उनले भने – नेपाल र भारतबीचकाे सम्बन्धलाई निरन्तरता दिनका लागि भए पनि अग्नीपथमा भर्ति हुन दिनु पर्नेछ । नेपाल सरकार आफैले नेपाललाई राजगारी दिन सक्ने अवस्था नआउन्जेल भर्ती हुन दिनु पर्ने उनकाे तर्क थियाे ।
त्यसैगरी व्रिटिश, हङकङ र अन्य देशमा रहेका गाेर्खा शैनिकलाई दाेहाेराे नागरिकता लिन पाउने व्यवस्था गर्नु पर्ने, वेलायत र भारतमा गाेर्खा शैनिककाे उपस्थिति सरदर ३ प्रतिशत मात्र रहेकाेले त्यसलाई बढाएर १० प्रतिशत बनाउनु पर्ने लगायतका माग राख्दै राष्ट्रिय पूर्व शैनिक संगठन आन्दाेलित रहेकाे उनले बताए ।