माेबाइल व्यवसायी नवलपुर स्कुटी चिठ्ठा गैडाकाेटकाे सापकाेटालाई
नवलपुर – नेपाल माेबाइल व्यवसायी संघ नवलपुरकाे प्रथम साधारण सभा आज कावासाेतीमा भएकाे छ । साधारण सभामा चाडपर्व लक्षित चिठ्ठा उपहार कार्यक्रमकाे चिठ्ठा पनि खाेलिएकाे थियाे ।
उपहार कार्यक्रम अन्तरगतकाे बम्पर उपहार स्कुटी गैडाकाेट १६ कि कविता पन्त सापकाेटाले जितेकाे नेपाल माेबाईल व्यवसायी संघ नवलपुरका अध्यक्ष शिव पाेख्रेलले बताए ।
कार्यक्रममा नेपाल माेबाईल महासंघका केन्द्रीय सदस्य छतेेन्द्रराज आचार्य, बाग्मती प्रदेश माेबाईल व्यवसायी संघका अध्यक्ष आशिस रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभाले रिक्त रहेका काेषाध्यक्ष सहित केही सदस्य पदमा आजै मनाेनित समेत गरेकाे छ ।
अध्यक्ष शिव पाेख्रेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव दीर्घसिंह कुमालले गरेका थिए ।
कार्यक्रममा समितिमा याेगदान गरेका विभिन्न व्यक्तिलाई सम्माा गरेकाे थियाे भने धेरै माेबाईल बेच्ने पसल सञ्चालकहरूलाई पनि सम्मान गरेकाे थियाे ।