लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत




पूर्वी नवलपरासीको कावासोतीमा लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कावासोती १४ मा रहेको दिदी बहिनी महिला समूहको आयोजनामा १ दिने अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठ, कावासोती १४ का वडा अध्यक्ष तुलसी राम थारु महतो, विन्दु विक, स्थानीय संघसस्थाका प्रतिनिधिहरु महिला समूह लगायतको सहभागिता रहेको थियो ।




कार्यक्रम दिदी बहिनी महिला समूहकी अध्यक्ष लिला भण्डारीको अध्यक्षतामा भएको थियो । कार्यक्रम कावासोती १४ वडा कार्यालयको आर्थिक सहयोगमा भएको थियो ।



सम्बन्धित
Loading...