ड्राईभिङ्ग संघ गण्डकीकाे अधिवेशन पाेखरामा, वरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रविण सापकाेटा निर्विराेध निर्वाचित

पाेखरा । ड्राईभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेशकाे प्रथम अधिवेशन पाेखरामा भएकाे छ ।
अधिवेशनले कास्कीका तुलबहादुर ठकुरीकाे अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेकाे छ ।
समितिकाे बरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रविन सापकाेटा निर्विराेध निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा तनहूँका नवराज तिवारी, सचिवमा कास्कीका रामचन्द्र पाैडेल, सहसचिवमा वाग्लुङ्गका विष्णु पन्त, काेषाध्यक्षमा स्याङ्जाका भिमलाल खनाल निर्विराेध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा नवराज दवाडी ,गोपाल अधिकारी ,हेमराज महतो,मेघनाथ देवकोटा ,मनध्वज राना ,कमला देवि गुरुङ,सुस्मिता थापा ,गंगाराम शर्मा र निवर्तमान अध्यक्ष बसन्त भट्टचन सहित १५ जनाको कार्यसमिति सर्वसम्मतरुपमा बनेको वरिष्ठ उपाध्क्षमा प्रविण सापकोटाले जानकारी दिए ।
वसन्त भट्टचनकाे अध्यक्षतामा भएकाे अधिवेशनमा ड्राईभिङ्ग स्कुल संघ नेपालका संस्थापक अध्यक्ष पुरूषाेत्तम रेग्मी, निवर्तमान अध्यक्ष माेहन बहादुर गुरूङ्ग लगायतले शुभकामना व्यक्त गरेका थिए ।
