स्वर्गीय पत्रकार तिर्थराज भुसालको स्मृतिमा खाद्यान्न तथा न्यानो सहयोग




नवलपुर, मंसिर २३ ।

नवलपुर एफ एमका संस्थापक पत्रकार स्वर्गीय तिर्थराज भुसालको छैठौं स्मृति दिवसमा आज खाद्यान्न तथा न्यानो कपडा सहयोग गरिएको छ । आज कावासाती–८ स्थित मौलाकालिका अपाङ्ग सेवा संस्थामा आश्रित अपाङ्गता भएकाहरुका लागि स्वर्गीय पत्रकार तिर्थराज भुसालको सम्झनामा नवलपुर एफले खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको हो ।



एफ एम का संरक्षक एवम् स्व भुसालका बुबा यम प्रसाद भुसालको नेतृत्वमा र एफ एम परिवारको उपस्थितिमा दाल,चामल, तेल, मरमसलागरी खाद्यान्न तथा ब्याङकेट सहयोग गरेको एफ एमले जनाएको छ ।

मौलाकालिका अपाङ्ग सेवा संस्थाका ब्यवस्थापक सविना गीरीले मानवीय सेवामा प्रेरित भएर एफ एमले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद ब्यक्त गर्नुभयो ।

संस्थामा १९ जना अपाङ्गता भएका ब्यक्तिहरु आश्रित छन् । हाल नवलपुर जिल्लाका ५ जना बालबालिका र अन्य जिल्लाका १४ जना बालबालिका रहेको अपाङ्ग संस्थाका सचिव मिना रिजालले बताउनुभयो । बिभिन्न दातृ संस्था र ब्यक्तिहरुबाट प्राप्त सहयोगले उनीहरुको संरक्षण भएको बताउनुभयो तर पछिल्लो समय देशको आर्थिक अवस्था नै अस्थिर रहेको र सहयोग कम आउने गरेको बताउँदै सयोगको लागी संस्थाकी व्यवस्थापक गीरीले आग्रह गर्नुभयोे ।



सम्बन्धित
Loading...