नवलपुरमा मोटरसाइकल विजुली पोलमा ठक्कर खाँदा २ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका १ मचेडीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।
कालीगण्डकी कोरीडोरमा डेढगाउँबाट कावासोतीतर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटरसाइकल विजुजी पोलमा ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चोलक बौदीकाली ३ निवासी ५० बर्षीय यमबहादुर ठाडा मगर र बौदीकाली २ निवासी ५५ बर्षीय रनबहादुर स्माइली मगर घाइते भएका हुन् ।
घाइते दुवै जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।