न्यानो हुप्सेकोट अभियान अन्तर्गत १८१ विद्यार्थीलाई स्विटर वितरण ।


प्रिय धन –
नवलपुर , १७ पुस २०८० ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज समाजसेवीद्धारा जाडोमा न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय बाबा गोपीराम बयम्बुको सम्झनामा न्यानो हुप्सेकोट अभियान अन्तर्गत श्रीमती कलौ बयम्बु , छोराहरु मदन बयम्बु थापा, केशव थापा र अनिल थापाद्वारा पोशाक वितरण गरिएको हो ।


नेपाल राष्ट्रिय किसान आधारभूत विद्यालय हुप्सेकोट गाउपालिका ६ जापडांडा र हुप्सेकोट माध्यमिक विद्यालय बिरुखर्कमा १८१ थान जाडोमा लगाउने स्वीटर वितरण गरिएको हो । अमेरिकामा रहनुभएका न्यानो हुप्सेकोटका अभियन्ता मदन थापा बयम्बु , हङ्कङ्मा रहनुभएका समाजसेवी केशव बयम्बु , र नेपालमा रहनुभएका समाजसेवी अनिल बयम्बुको सहयोगमा सो स्विटर वितरण गरिएको हो ।

यस्तै स्वर्गीय छोरा रचित मल्लको सम्झनामा बुवा महादेव मल्ल र आमा दीपा मल्लबाट हुप्सेकोट मावि बिरुखर्कमा र बयम्बु परिवारबाट जापडांडाका विद्यार्थीलाई स्विटर वितरण गरिएको हो ।
आज एक औपचारिक कार्यक्रमकाबीच दुई विद्यालयमा सो सामग्री हस्तान्तरण गरिएको हो ।




स्विटर वितरण कार्यक्रम पश्चात दुबै विद्यालयका प्रधानाध्यापकहरुले सहयोग गरेकोमा बयम्बु परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । हुप्सेकोट माध्यमिक विद्यालय बिरुखर्कका प्रधानाध्यापक टेक बहादुर सारू र नेपाल राष्ट्रिय किसान आधारभूत विद्यालय जापडांडाका प्रधानाध्यापक बिरेन्द्र पाटाले जाड़ोको समयमा स्विटर वितरण गरिनु भावनात्मक कुरा भएको बताउनुभयो ।

यस्तै हुप्सेकोट मावि बिरुखर्कमा भएको स्विटर वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका हुप्सेकोट ६ का वडाअध्यक्ष छाम बहादुर सोमैले साना साना खुशीले जीवनमा बहार ल्याउने भन्दै अभियन्ता मदन थापालाई आभार व्यक्त गर्नुभएको थियो ।

अभियन्ता मदन थापाले हालसम्म हुप्सेकोट गाउँपालिकाका २५ ओटा विद्यालयमा जाडोमा न्यायो पोशाक वितरण गरिसक्नुभएको छ । अभियन्ता मदन थापा बयम्बुले अब न्यानो हुप्सेकोट अभियानसँगै शिक्षालाई विज्ञानसंग जोड़ने भन्दै विज्ञान प्रयोगशालाका सामाग्री प्रदान गर्ने हुने बताउनुभयो ।



सम्बन्धित
Loading...