मध्यविन्दुमा विद्यालय वातावरण सचेतना सञ्जाल गठन




चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा नारायण अर्यालको अध्यक्षतामा १५ सदस्यीय विद्यालय वातावरण सचेतना सञ्जाल गठन गरेको छ ।

बाताबरण सरक्षण र सचेतना कार्यक्रम गरेको सस्था एन्साब नेपालको सहयोग र युवा खेलकुद तथा शिक्षा शाखा मध्यबिन्दु नगरपालिकाको आयोजनामा मध्यविन्दु चोरमारामा भएको मध्यविन्दु नगरपालिका भित्रका विद्यालयका इको शिक्षकहरुको सहभागिता भएको वातावरण सचेतना अभिवृद्धि समीक्षा कार्यक्रम पछि सञ्जाल गठन गरिएको हो ।




सञ्जालको उपाध्यक्षमा हिरा महतो, सचिवमा सूर्य सुवेदी, कोषाध्यक्षमा गुनबहादुर थनेत, सदस्यहरुमा पुष्पा महतो, पविता वाग्ले, कृष्ण खनाल, उमा गिरी, युवराज थनेत, असिमा राना, कला गैरे ढकाल, मञ्जु पुरी, ज्ञानेन्द्र महतो, कुशल पाण्डे र कृष्ण थापा चयन भएका छन् ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर शिक्षा अधिकृत अधिकृत कृष्ण रेग्मी, कर्मचारी गिता चापागाइ, एन्साब नेपालका कार्यक्रम संयोजक चण्डिका अम्गाई र सुजन लम्साल, वन अधिकृत संगम हमाल लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...