नवलपुरमा एक दिने भारतिय भूपू पेन्शनर जिवित प्रमाण पत्र कैम्प सञ्चालन
२३ पौष, नवलपुर ।
नवलपुरमा एक दिने भारतिय भूपू पेन्शनर जिवित प्रमाण पत्र कैम्प सञ्चालन गरिएको छ ।
जिल्लाको कावासोती नगरपालिका २ कुमारवर्ती बहुमुखी क्याम्पसमा भारतिय भूपू सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था र भारतिय सैनिक कल्याणकारी संस्थाको आयोजनामा उक्त कैम्प सञ्चालन गरिएको हो ।
उक्त संस्थाहरुले विगत तिन वर्षदेखि जिवित प्रमाण पत्र कैम्प जिल्लामा नै सहज हुने तरिकाले सञ्चालन गर्दै आएको कर्णेल धन वहादुर मास्की रानाले बताउनु भयो ।
जिल्लामा भएका जति पनि ज्येष्ठ नागरिकहरु रहेका छन् उनीहरुलाई लक्षित गर्दै चितवन भरतपुर र काठमाडौँ जानु पर्ने बाध्यतालाई हटाउने उदेश्यका साथ क्याम्पको सुरुवात गरेको भारतिय सैनिक कल्याणकारी संस्थाका अध्यक्ष क्याप्टेन लेखनाथ तिवारीले बताउनु भयो । जिल्लामा नै क्याम्प सञ्चालन भएदेखि जिवित प्रमाण पत्र नविकरणका लागि आफूहरुलाई सहजता भएको पेन्शनरहरुले बताएका छन् ।
क्याम्प सञ्चालन गरेको पहिलो वर्ष एक हजार ८३७ जना, दोश्रो वर्ष एक हजार ४८७ जना लाभान्वित भएको भारतिय भूपू सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र केसीले बताउनु भयो । सोमबार सञ्चालन गरिएको क्यापमा करिब दुई हजार जना पेन्शनर लाभान्वित भएका छन् ।



