प्रदेश स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रारम्भ

घनश्याम बगाले –
कावासाेती ११ फागुन ।
गण्डकी प्रदेश स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार पूर्वी नवलपरासीमा प्रारम्भ भएको छ ।
प्रतियोगिताकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले राष्ट्रमा अनुशासन,शान्ति,संमृद्धी र एकताका लागि खेलकुदकाे माध्यम बाट अघि बढ्नु पर्ने बताउनु भयाे ।
वहाँले बिकासका पूर्वाधार बाटाे,घाटाे,कुलाे आदि मात्र हाेईन राष्टकाे समृद्धिकाे मार्ग चित्र खेलकुदकाे बिकास पनि हाे भन्नू भयाे ।
उद्घाटनका अवसरमा प्रदेश सांसद राेशन बहादुर गाहा,पद्मा जिसी श्रेष्ठ, जिसस प्रमुख बाबुराम विश्वकर्मा, प्रजिअ कल्पना श्रेष्ठले प्रतियोगिता सफलताकाे शुभकामना दिनु भएकाे थियाे ।
त्यसै गरि कावासाेती नगर प्रमुख बिष्णु प्रसाद भुसाल,बिनयी त्रिवेणी गाउँ पालिका अध्यक्ष घनश्याम गिरी, जिल्ला खेलकुद बिकास अध्यक्ष सेत बहादुर पुन लगायतले शुभकामना व्यक्त गर्नु भयाे ।
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगितामा एथलेटिक्स तर्फकाे खेल स्थल कावासाेती २ स्थित नवदूर्गा मैदानमा आयाजित उद्घाटन कार्यक्रमकाे अध्यक्षता प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले गर्नु भएकाे थियाे ।

खेल संंचालन नियम अनुसार गण्डकी प्रदेश अन्तर्गतका खेलाडीहरूकाे मार्चपास पछि प्रतियोगिताकाे शुभारम्भ भएकाे थियाे ।
प्रतियोगिता उद्घाटन ईभेन्ट १५ सय मिटर दाैडमा छात्र तर्फ बाग्लुङका खेलाडी बादल कार्की प्रथम,तेन्जिङ राेका मगर कास्की द्वितीय र सन्दीप नेपाली पर्वत तृतीय भएकाछन् ।
कार्कीले ४ मिनट २९ सेकेन्डमा १५ सय मिटर दाैड पार गर्दै प्रथम भएर पदक ट्रफि तथा प्रमाणपत्र हात पारेका हुन् ।
छात्रा तर्फकाे १५ सय मिटर दाैडमा तनहुँकि नम्रता गुरूङले ५ मिनेट ३२ सेकेन्डमा अन्य १० जिल्लाका खेलाडीलाई पछि पार्दै पदक तथा ट्रफी हात पारेकीछन् ।
यसै गरि मार्चपासमा कास्की,तनहुँ र नवलपुर क्रमश प्रथम द्वितीय र तृतीयहुन सफल रहेका थिए ।
उसु,एथलेटिक्स,कवड्डी,तेक्वान्द,कराते र भलिवल सहितका ६ बिधाका खेलहरूलाई नगरपालिकागत रूपमा विभाजन गरि प्रतियोगिता संचालन गरिएकाे व्यवस्थापक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पुनले बताउनु भयाे ।
बताइए अनुसार एथलेटिक्स र उसु कावासाेती,भलिवल र कबड्डी देवचुली, तेक्वान्दो गैडाकाेट र सितेरियाे करातेका स्पर्धा मध्यबिन्दुमा संचालन भएकाछन् ।
गण्डकी प्रदेशका मनाङ,मुस्ताङ,म्याग्दी,बाग्लुङ, पर्वत, स्याङ्जा,कास्की,तनहुँ ,लमजुङ र गाेरखाका जिल्लाका विभिन्न बिद्यालयका खेलाडी छात्रछात्रा तथा रेफ्री तथा अफिसियल गरि १ हजार १ सय २३ जनाले खेलमा सहभागिता रहेकाे छ ।
संघीयताकाे अभ्याससंगै खेललाई केन्द्र र प्रदेश राजधानीमा मात्र सिमित नराखी जिल्ला र गाउँ नगरमा देशमै पहिलाे पटक गण्डकी प्रदेश खेलकुद परिषदले यस किसिमकाे खेलकाे आयाेजना गरेकाेे जनाएको छ ।
