तिमी र म मिले पछि

कालो पनि सेतो हुन्छ
सेतो पनि कालो हुन्छ
चोर पनि साधु हुन्छ
साधु पनि चोर हुन्छ
बलात्कारी सज्जन हुन्छ
सज्जनलाई सुलि हुन्छ
तिमी र म मिले पछि
यहाँ के के हुन्छ, हुन्छ
बालुवाटार हाम्रै छ
सिंहदरबार राम्रै छ
जनकपुर तिम्रो हुन्छ
फेवाताल मेरो हुन्छ
ढुङ्गा गिट्टी तिम्रालाई
ठेक्का टेन्डर हाम्रालार्इ
तिमी र म मिले पछि
यहाँ के के हुन्छ हुन्छ
समाबेसी भन्ने हो
आफ्ना मान्छे भर्ने हो
सर्वहारा पार्टी छ
एनसेल हाम्रो साथी छ
वाइडबोडी नि सामसुम हुन्छ
सुनकान्ड नि झामझुम हुन्छ
तिमी र म मिले पछि
यहाँ के के हुन्छ हुन्छ
लोकमान पनि चोखो हुन्छ
आख्तियार नि भोको हुन्छ
गणतन्त्र तिम्रो लागि
समाजवाद मेरो लागि
भोट जति तिमीलाई हुन्छ
नोट जति मलाई हुन्छ
तिमी र म मिले पछि
यहाँ के के हुन्छ हुन्छ
दुःख पीडा जनतालाई
सुख सयल हामीलाई
सुशासन जप्दै गर्ने
कमिसनमा रम्दै गर्ने
सर्बसत्ता ल्याउँला
बाडीचुडी खाउँला
तिमी र म मिले पछि
यहाँ के के हुन्छ हुन्छ