दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’मा अनुबन्धित

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् ।
बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे ।
दिव्या भने अमेरिकामा अध्ययनरत छिन् । यो फिल्ममा यसअघि प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला समेत अनुबन्धित भइसकेका छन् । वैशाखदेखि छायांकन सुरु हुने यो फिल्मको प्रदर्शन कात्तिक १५ गते हुने जनाइएको छ ।
निर्माताले बिहीबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मलाई उक्त मितिमा ल्याउने घोषणा समेत गरेका छन् । केही दिनमा सुरु हुने फिल्मको कार्यशालामा दिव्याले पनि सहभागिता जनाउने भएकी छन् । फिल्ममा उनको शीर्ष भूमिका हुने जनाइएको छ । दुई अभिनेत्रीमध्ये आना शर्मा पनि एक हुन् ।
४० पुगे बुद्धि तामाङ, भन्छन्- अब थोरै फिल्म खेल्छु, निर्माणमा समय दिन्छु
काठमाडौं । लोकप्रिय अभिनेता बुद्धि तामाङ शुक्रबार ४० औं जन्मदिन मनाउँदैछन् । डेब्यु फिल्म ‘कबड्डी’बाटै सफलताको स्वाद चाखेका उनी ‘हैट’ उपनामले सुप्रसिद्ध छन् ।
रुकुम पूर्वको तक्सेरामा छायांकन भइरहेको फिल्म ‘घरज्वाइँ’मा व्यस्त बुद्धिले अनलाइनखबरसँग आफ्नो बर्थडे रिजोलुसन सुनाए । ४० पछिको जीवनलाई व्यवस्थित गराउने उनको योजना छ । फिल्म कम खेल्ने र निर्माणतिर जुट्ने उनले बताए ।

उनले भने, ‘अब थोरै फिल्म खेलेर निर्माणतिर समय दिन्छु । एक-दुईवर्षमै आफ्नै लगानीमा फिल्म बनाउँछु । अबको समय आफैंले आफैंलाई समय दिने हो । सन्तानको योजना पनि बनाउँदैछौं ।’
बुद्धिले अगाडि भने, ‘अहिले आफैंले आफैंलाई बेवास्ता गरेर अघि बढेको अवस्था छ । अब आफूलाई समय दिने र व्यवस्थित गर्छु ।’ उनले वर्षमा दुई नाटक निर्देशन गर्ने योजना रहेको सुनाए । उनी निर्देशित पछिल्लो नाटक ‘मासिन्या’ यसै महिना मञ्चन भएको थियो ।
बुद्धिले साइन गरेका तर बन्न बाँकी फिल्मको संख्या ७ छन् । अहिले खेलिरहेको फिल्म ‘घरज्वाइँ’को छायांकन सकिन २० दिन लाग्ने जनाइएको छ । बुद्धि यसैवर्ष विवाह बन्धनमा बाँधिएका थिए ।