नयाँ गठबन्धनबाट आज तीनजना मन्त्रीले शपथ लिँदै




काठमाडौं, फागुन २१ । नयाँ सत्ता गठबन्धनबाट आज तीनजना मन्त्री नियुक्त हुनुहुने भएका छन् ।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो । उनीहरुलाई आजै सपथ गराइने जानकारी दिइएको छ ।




यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रीको शपथबारे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी समेत गराइसकेका छन् ।

नयाँ बन्ने मन्त्रीलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाउन लागिएको छ ।

‘प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको छ । आज एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले मन्त्रीले शपथ लिनुहुन्छ’, आचार्यले भने, ‘उहाँहरूको मन्त्रालय तोकिएको छैन । नेताहरूले टुंग्याउँदै हुनुहुन्छ ।’

कुन दलबाट कुन मन्त्रालय लिने भन्ने टुंगो एमालेका विष्णु पौडेल, माओवादीका वर्षमान पुन र रास्वपाका रवि लामिछानेसहित नेताले टुंग्याउने उनले जानकारी दिए ।

आचार्यका अनुसार गठबन्धनका नयाँ दलको आन्तरिक छलफलपछि मन्त्रीहरूको थप टुंगो लाग्ने छ ।

यसको लागि आजै साढे दुई बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकले लिखित समझदारी गर्ने तयारी गरेको छ ।



सम्बन्धित
Loading...