प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बन्ने (सूची), जसपाले अझै मन्त्री टुंगाएन




काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् । उनीहरूको कार्यविभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । नयाँ मन्त्रीको आजै शपथ हुने तय भएको छ ।

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन् । यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ । जसमा गिरीले यसअघि नै शपथ लिइसकेका छन् ।




यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् ।

यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुंगिएका छैनन् ।

नेकपा एमाले
——————-
१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवति चौधरी, महिला बालबालिका
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्यो
७) ज्वालाकुमारी साह, कृषि
८) बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी
१) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, उर्जा
४) रेखा शर्मा, सञ्चार
५) हितबहादुर तामाङ, पर्यटन

रास्वपा

१) रवि लामिछाने, उपप्रधान तथा गृह
२) डीपी अर्याल, श्रम
३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४) सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादी
भानुभक्त जाेशी, संघीय मामिला तथा सामान्य प्रशासन
धनबहादुर बुढा, सहरि विकास



सम्बन्धित
Loading...