जिन्दगीमा बज्र खस्दा




जीन्दगीमा बज्र खस्दा आफ्ना भन्ने हास्दारैछन
रुनलाई आँशु मागे मानापाथी रेट्दारैछन

मेरा ओठ मुस्कुराउँदा आगो बोल्छौ तिमी किन
सकिन्छ र कहाँ हेर, पुग्छ सबलाई हाँसो दिन




माया मैले दिएकै थे धन बाड्ने अरु हुँदा
मेरो भागमा शिशा टुट्यो भाग्य बाड्ने घौता हुँदा

ढुंगा मेरा मलामी छ, न रो भन्छ बगर साथी
हेर्छ नीलो छाल रोकी, आगो जल्छ मुटु माथी

आफन्तले छोड्दारैछन् दुःखपीर यात्रा माथी
आगो झोसे कात्रो ओठे, बलेकै छु चितामाथी



सम्बन्धित
Loading...