अमेरिकामा रोजगारी र तलब दुवै बढ्यो




वाशिङ्टन डीसी । अमेरिकामा रोजगारी सृजना बढेको छ । फेब्रुअरीमा त्यहाँको गैर–कृषि क्षेत्रमा २ लाख ७५ हजार नयाँ रोजगारी सृजना भएको छ ।

अघिल्लो २ महिनामा रोजगारी सृजना प्रारम्भिक अनुमानअनुसार नभएपछि बेरोजगारी दर बढेर ३ दशमलव ९ प्रतिशतमा उक्लिएको त्यहाँको श्रम मन्त्रालयको श्रम तथ्यांक विभागको तथ्यांकले देखाएको छ ।




फेब्रुअरीमा अमेरिकी अर्थतन्त्रले १ लाख ९८ हजार रोजगारी सृजना गर्ने अनुमान दाउ जोन्सले गरेको जनमत सर्वेक्षणमा सहभागी भएका अर्थशास्त्रीहरूको अनुमान थियो । गएको वर्ष डिसेम्बर र यो वर्षको जनवरीमा अमेरिकी अर्थतन्त्रले अपेक्षाकृत न्यून रोजगारी सृजना गरेको संशोधित तथ्यांकले देखाएको थियो ।

समीक्षा अवधिमा औसत घण्टाको तलब शून्य दशमलव १ प्रतिशतले बढेको छ । यो यस अघिको अनुमान भन्दा शून्य दशमलव १ प्रतिशत कम हो । योसँगै नोभेम्बर यता घण्टाको औसत कमाई बढ्ने क्रम टुटेको छ ।

जनवरीमा घटेको औसत काम शून्य दशमलव १ प्रतिशत अंकले बढेको छ । साप्ताहिक औसत काम ३४ दशमलव ३ घण्टा रहेको छ ।



सम्बन्धित
Loading...