प्रेमी विष्णुसँग विवाह गर्दै एलिना (भिडियो)




पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी हुन् ।
उनीहरुले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् ।

केही समय अघि प्रेम सम्बन्धमा रहेको चर्चा आएलगतै विवाह बन्धनमा बाधिने तयारीमा रहेको भनेर चर्चा चलेको उक्त जोडीबीच केही समय अगाडि ब्रेकअफ भएको गायिका एलिना चौहानले बताएकी थिइन् । तर अहिले भने उनीहरुबीच विवाह हुने पक्का भएको छ ।




विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् ।

करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।

दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।



सम्बन्धित
Loading...