शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी १८ औं बर्षमा
कावासोती, ९ कात्तिक ।
सहकारीले महिलाहरुको आर्थिक पाटोलाइ मात्र नभइ हक अधिकार प्राप्त गर्नको लागी समेत बलियो माध्यम भएको उपमेयर प्रेम शंकर मर्दनियाले बताएका छन् ।
शुक्रबार कावासोतीमा शिव मन्दिर बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको १७ आंै बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उपमेयर मर्दनियाले महिलाहरुलाई सहकारीले बचत गर्ने बानीको विकाससंगै विभिन्न सीपमुलक तालिम प्रदान गरी व्यक्तित्व विकासमा समेत ठूलो योगदान पुर्याएको बताए ।
सस्थाका अध्यक्ष खगिसरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रितम भुजेल, कावासोती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, सहकारीका सस्थापक अध्यक्ष विश्व कुमारी कडेल, राष्ट्रिय सहकारी बैंकका अरुणा अधिकारी, कावासोती नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र देवकोटा, महिला बालबालिका कार्यालय कावासोतीकी पवित्रा शर्मा लगायत विभिन्न सहकारी प्रमुखहरु घनश्याम चापागाई, हुमकला भुषाल, हिममाया सिग्देल, डिल कुमारी भट्टराई, विद्या गैरे लगायत विभिन्न संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य भीमकुमारी गुरुङ, बाल बचतकर्ता विवेक चापागाई तथा विराज खनाल लगायत, नियमीत मासिक बचत, धेरै बचतकर्ता, नियमित दुध संकलन, धेरै दुध ल्याउने, राम्रो दुध ल्याउने, सफा भाडाकुडा तथा सफा दुध ल्याउने, सस्थाको प्रगति तथा सञ्चालनको लागि सकृय र सहयोगी भुमिका निर्वाह गर्ने शेयरकर्ताहरुलाइ सम्मान गरिएको थियो ।
यसैगरी सस्थाको बार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्य योजना अध्यक्ष खगिसरा गुरुङले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन सस्थका लेखा सयोजक गिता अयौलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सस्थाका कोषाध्यक्ष तुलसी देवी खनालले आर्थिक वर्ष २०७५।०७६ को अनुमानित बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
