विदेश पठाउँछौँ भनेर ठगी गर्ने ३ जना पक्राउ





काठमाडौँ, ६ जेठ । विदेशमा रोजगारीका लागी पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिराहाको सिराहा नगरपालिका–२ घर भएका ३२ वर्षीय धनेश्वर शाह, सप्तरी घर भएका ३७ वर्षीय सिकेन्दर चौधरी र सिराहाको गोलबजार घर भएका ४२ वर्षीय भविन्द्रनाथ तामाङलाई पक्राउ गरेको हो ।


न्युजिल्याण्ड पठाउँछु भनेर धनेश्वर शाहले दुईजना पीडितबाट २० लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिकेन्दर चौधरीले एक लाख रुपैयाँ र तामाङले २ लाख ७२ हजार ठगी गरेको उजुरी आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...