नवलपुर: नारायणी नदी किनारमा ३ वटा शव फेला




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरकाे गैडाकाेट १ नारायणी नदीमा ३ जनाकाे शव फेला परेकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा २ पुरुष १ महिलाको लास सडेगलेको अवस्थामा भेटिएकाे हाे । शव अहिले नारायणी नदीमै रहेकाे छ ।




अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भई रहेकाे छ । शवकाे पहिचान हुन सकेकाे छैन ।

उक्त शव बाढीले बगाएर ल्याएकाे हुन सक्ने अनुमान गरिएकाे छ । प्रहरीले घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...