कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले आज सार्वजनिक सुनुवाई गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम आज कावासोती १७ मा गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा कृषकलाई अनुदान दिने भनेर छुट्याइएका रकम अनुदान वितरण नगरेको, नगरपालिकाले फोहोर व्यवस्थापनमा आफूले गरेको प्रतिबद्धता अनुसार काम नगरेको, विनियोजित बजेट अनुसारको काम गर्दा पनि बजेट सकियो भनेर उपभोक्तालाई फर्काउने गरेको लगायतका गुनासो गरेका थिए ।
त्यसैगरी कावासोती नगरपालिका भित्र रहेको कृषि सहकारीहरुले घाटामा कृषकलाई मल वितरण गरिरहंदा पनि नगरपालिकाले घाटा रकम उपलब्ध गराउन चासो नदिएको, जग्गा वर्गीकरणमा वैज्ञानिक विधि नअपनाई हचुवाको भरमा विनियोजन नगरेको, सामाजिक शिक्षा समितिले बजेट विनियोजनमा विभेद गरेको जस्ता गुनासो गरेको थियो ।
कावासोती नगरपालिकाका नगर प्रमखु विष्णु भुसालको अध्यक्षतामा भएको कार्यक्रममा उठेको जवाफ नगर प्रमुख विष्णु भुसाल, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल लगायतले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको जवाफ दिंदै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले विभिन्न कारणले खोलाको ठेक्का लाग्न नसक्दा आन्तरिक स्रोतको अभाव भएकोले रातो कितावमा राखिएका कार्यक्रमहरु पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकेको स्वीकार गरेका थिए ।