नवलपुरमा खाेलाले बगाएर दुई जना वेपत्ता

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार नवलपुरकाे बौदीकाली गाउपालिका वडा नं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की खाेलाले बगाएर वेपत्ता भएका छन् ।
आज दिउँसाे १२:४० बजेको समयमा गाेरू सहित खेतमा काम गर्न जाने क्रममा बाैदीकाली १ काे बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएका हुन् ।
त्यसेगरी मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारलाई पनि आजै खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ ।
उनलाई मध्यबिन्दु १ पतवारी स्थित उल्टि खोला तर्ने क्रममा खाेलाले बगाएकाे हाे ।
बेपत्ता भएका दुवै जनाकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।