नवलपुरमा खोलाले बगाएर १ जनाको मृत्यु, १ जना वेपत्ता

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरमा खोलाले बगाएर एक जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारको आज खोलाले बगाएर निधन भएको हो ।
मध्यबिन्दु १ पतवारी स्थित उल्टि खोला तर्ने क्रममा खोलाले बगाएका परियार उल्टी खोला र छुकछुके खोलाको दोभानमा घटना स्थलबाट ७ सय मिटर पर फेला परेका हुन् ।
त्यसैगरी नवलपुरको बौदीकाली गाउपालिका वडा नंं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की खोलाले बगाएर वेपत्ता भएका छन् ।
आज दिउँसो गोरू सहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली १ को बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएका हुन् ।
उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।