नवलपुरकाे त्रिवेणीमा थप २ वटा शव फेला




रामकुमार श्रेष्ठ –
नवलपरासी – नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुल स्थित गण्डक नहरमा दुई जनाकाे शव फेला परेकाे छ ।




नहरमा १ जना घाेप्टाे परेकाे अवस्थामा र एक जना उत्तानाे परेकाे अवस्थामा पुरूष जस्ताे देखिने २ वटा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार शव निकाल्ने प्रयास भई रहेकाे छ । उक्त शव सिमल तालमा भएकाे बस दुर्घटनाका यात्रु भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।

यश अघि हिजाे भेटिएका ३ वटा शव र आज भेटिएका २ वटा शवकाे सनाखत भएकाे छ । राप्ती र नारायणी नदीकाे दाेभान गाेलाघाट र गैडाकाेटकाे थुम्सी र गैरीमा ३ वटा शव भेटिएकाे थियाे ।

नवलपुर र पश्चिम नवलपरासीमा दुर्घटनामा परेका यात्रुहरू भेटिन सक्ने भएकाेले प्रहरीले खाेजी कार्य जारी राखेकाे छ ।



सम्बन्धित
Loading...