नवलपुरमा सर्पदंशबाट बालकको निधन




रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिका ६ भण्डारामा एक जना बालकका् सर्पदंशबाट ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका ६ भण्डारा निवासी टोलकुमारी महतोको १४ बर्षीय छोरा आर्यन महतोको निधन भएको हो ।




आफ्नै घरमा खुल्ने क्रममा आर्यन महतोलाई प्रजाति नखुलेको सर्पले हिजो राति डसेको थियो ।

बालकको कावासोतीको कालीगण्डकी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा बाटोमै निधन भएको र शव मोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।



सम्बन्धित
Loading...