खोलाले बगाउँदा एक जनाको मृत्यु




त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए । उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।




यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो ।

खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् । बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षती पुगेको छ ।



सम्बन्धित
Loading...