मधेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ, कांग्रेस र लोसपा सरकारमा सहभागी
मधेशका मुख्यमन्त्री शतीस सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बिहीबार कांग्रेस र लोसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
बिहीबारै बसेको कांग्रेस संसदीय दलको बैठकले चार मन्त्रीसहित सरकारमा सहभागी हुने निर्णय गरेको थियो । बैठकपछि कांग्रेसले मन्त्री बन्नेको सूची मुख्यमन्त्रीलाई बुझाएको थियो ।
कांग्रेसबाट रौतहटका सुनिलकुमार यादव अर्थमन्त्री, पर्साका जनार्दन क्षेत्री भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीमा, धनुषाका शेषनारायण यादव ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री र सर्लाहीका कौशलकिशोर राय श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
यस्तै लोसपाकी रानी शर्मा शिक्षामन्त्री बनेकी छिन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भणडारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।