पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यु




रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।




जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो ।

घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।



सम्बन्धित
Loading...