१५ घण्टा पछि नारायणी किनारको बाघ नियन्त्रणमा




भरतपुर । नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा आएको छ।

बाघले आइतबार बिहान मङिङ्गवाकमा हिडेका नारायणगढ बेलटाँडीका ६० बर्षिय पशुपति श्रेष्ठलाई ५:२० बजे तिर किनारमा आक्रमण गरी घाइते बनाएको थियो ।बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्राविधिकहरू पनी खटिएका थिए ।




बाघ नियन्त्रणमा लिन परिचालन गरिएको मध्ये दुई हात्ती बाघ नजिक पुग्दा गर्जन सुनेर तर्सेरको थियो ।

बाघ नियन्त्रणमा आएपनि तर्सिएर भागेको हात्ती अहिले नियन्त्र बाहिर छ। उक्त हात्तीको खोजी कार्य भैईरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।



सम्बन्धित
Loading...