दाउन्नेमा सडक भासियो, एकतर्फी मात्र सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा सडक भासिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिंदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
अवरुद्ध सडक दुई तर्फी खुलाउन जेसिबी र प्रहरीको सहयोगमा दुईतर्फी बाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ आज साँझ करिब ५ बजेतिर सडक भासिएर एकतर्फी भएको छ ।