सर्पले डस्दा बालिकाको मृत्यु, आमा घाइते




घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर भएको छ ।

गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको र उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।




सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए ।

उनका अनुसार गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



सम्बन्धित
Loading...