दाउन्नेमा सडक मर्मत आजलाई रोकियो, भोलि विहान ८ बजेबाट फेरि शुरु गरिने

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएका सडक मर्मत कार्य आज पनि सकिएको छैन । हिजो विहान पहिरो गएर भासिएपछि एकतर्फी भएको सडक फराकिलो बनाएर दुई तर्फी खुलाउनका लागि हिजोबाट नै सडकमा आवतजावत बन्द गरेर काम गरिएको थियो ।
सडक मर्मत कार्य आज पनि नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । उनका अनुसार भोलि विहान ८ बजेबाट फेरि मर्मत कार्य हुने छ । हिजो दिनभर सडक अवरुद्ध गरेर मर्मत गरिएको थियो भने आज १÷१ घण्टामा जाम भएको सवारी साधन पास गर्दै काम गरिएको थियो ।
भोलि विहानबाट शुरु गरेर भोलि दिउँसोसम्ममा काम सकेर दिउँसोबाट पूर्ण रुपमा सडक सञ्चालनमा आउने सक्ने प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।
राति भने एकतर्फी रुपमा सवारी साधन पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरेको पौडेलले बताए । लामो रुटमा चल्ने रात्री वसहरुलाई सास्ती हुन सक्ने भएकोले राति भने काम नगरिएको उनले बताए ।
आज विहान मात्रै सोही ठाउँमा पानीले लेदो सहितको पानी बन्दा विहान ५ बजेदेखि साढे ९ बजेसम्म सडक पूर्ण रुपमा बन्द भएको थियो ।