कावासोतीमा पौडी खेल्ने क्रममा डुबेर बालकको निधन

कावासोती । नवलपुरको कावासोतीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको ज्यान गएको छ ।
नवलपुरको कावासोती ३ निवासी माने चोक निवासी सुरज बहादुर विकको छोरा १३ बर्षीइ शिशिर विकको निधन भएको हो ।
शिशिर सहित ३ जना बालकहरु मिलेर कावासोती ४ चिलाहा हसौरा खोलामा पौडी खेल्न गएको शिशिरको आज दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार दिउँसो साढे २ बजेतिर खोलामा डुबेर वेपत्त भएको खबर पाए लगतै प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा ३ बजेतिर मृत फेला परेको हो ।
बालकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।