नवलपुरमा भारी वर्षा, सतर्क रहन आग्रह, ठाउँठाउँमा बाटो बगायो




नवलपुर । नवलपुरमा आज विहान ३ बजेदेखि निरन्तर भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

डण्डा क्षेत्रमा पछिल्लो ६ घण्टामा १६४.८ मिलिमिटर वर्षा मापन गरिएको छ । कम्तिमा दिउँसो १२ बजेसम्म सतर्क रहन भनिएको छ ।




लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यसैगरी भारी बर्षाका कारण नवलपुरका ठाउँठाउँमा बाटो बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकाली गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र सडक मर्मतको काम सुरु हुने पौडेलले बताए ।

त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुर स्थित भुपु मिलन टोलमा पर्ने अठेरीखोलाको पुल भत्किएको छ । रातिदेखि आएको बर्षका कारण पानी ठूलो भई पुल भत्किएको हो । अठेरी खोलामा बाढी आएका कारण मध्यविन्दु ९ को बसन्तपुर र मध्यविन्दु ७ अम्रसामा आवतजावत ठप्प भएको छ ।



सम्बन्धित
Loading...