कावासोतीको खोङ्गखोङ्ग लगायतका होटलहरुमा अनुगमन, अखाद्य मिसाइएका मासु नष्ट




रामकुमार श्रेष्ठ –
कावासोती । आज नवलपुरको कावासोती १ हात्ती खोर आसपासका होटलहरुमा अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुर, पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपुर उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय नवलपुर र पत्रकारहरुको टोलीले अनुगमन गरेको हो ।




अनुगमनको क्रममा हात्तीखोरमा रहेको खोङ्ग खोङ्ग होटलबाट अखाद्य रङ्ग प्रयोग गरिएका कुखुरा र बंगुरका ५५ किलो मासु, भारतमा उत्पादित भएर नेपालमा प्रतिबन्ध लगाइएका रेडबुल बरामद गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारीका मुक्तिराम रिजालले बताए ।

त्यसैगरी द डेस्टीनी रेष्टुरेन्ट एण्ड कटेजबाट अखाद्य वस्तु रातो रङ्ग मिसाइएको २ किलो कुखुराको मासु र सलिना खाजा घरबाट २५ प्लेट उत्पादित कम्पनीको ट्याग नलगाइएको मः मः नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।

उनीहरुले एक पटकलाई चेतावनी दिएर अब आइन्द त्यस्तो नगर्न निर्देशन दिइएर छाडिएको छ ।

मासुमा मिसाइएको कृतिम अखाद्य रङ्ग स्वास्थ्यका लागि समेत निक्कै असर गर्ने बताइएको छ । यसले मानिसलाई क्यान्सर सम्म भएर अन्त्यमा जानै जाने सक्ने खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्राविधिक सहायक सन्तोष थापा मगरले बताए ।

कावासोतीका विभिन्न सञ्चार माध्यममा कावासोतीका होटल तथा सेकुवा कर्नरहरुमा मासुमा अखाद्य बस्तु रातो रङ्ग मिसाएर पठाउने गरेका समाचार बाहिर आएपछि आज प्रहरी प्रशासन लगायतको टोलीले बजार अनुगमन गरेको हो ।



सम्बन्धित
Loading...